Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

अफगानिस्तान यू-१९ प्रिमियर क्रिकेट च्याम्पियन, नेपाल उपविजेतामा सिमित !!



यू-१९ क्रिकेटमा साउदी अरेबियामाथि नेपालको शानदार जित !!
 


अफगानिस्तान यू-१९ प्रिमियर क्रिकेट च्याम्पियन, नेपाल उपविजेतामा सिमित !!
अन्तिम खेलमा साउदी अरेबियामाथि सानदार जित हात पारेपनि नेपाल एसीसी यू-१९ प्रिमियर क्रिकेटको च्याम्पियन बन्न सकेन । बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेट पराजित गर्दै च्याम्पियन बन्ने सम्भावना कायमै राखेको थियो । तर, अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गर्‍यो र नेपाल उपविजेतामा सिमित बन्यो । मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सबै खेल जितेको अफगानिस्तान १० अंकसहित च्याम्पियन बनेको छ । समान खेलबाट ८ अंक जोडेको नेपाल उपविजेता बनेको छ । दोस्रो खेलमा अफगानिस्तानसँग व्यहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो । त्यसअघि आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पारेको थियो । मलेसियाको सेलोंगर टर्फ क्लबमा टस जितेर पहिले ब्याटिङगरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो । नेपाली बलिङसामू साउदी अरेबियाका ब्याट्सम्यानहरु निरिह देखिए । उसका फैसल खानले १९ र जैनले ११ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दुई ब्याट्सम्यान शुन्यमै आउट भएका थिए भने चार ब्याट्सम्यान १/१ रनमा आउट भए । घातक बलिङ गरेका नेपालका सुशील कँडेलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिएर ४ विकेट लिए । सुनिल धमलाले ६ ओभरमा ३ डेमन राख्दै ३ रन दिएर २ विकेट लिए । प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिँदै २ विकेट लिए । ५६ रनको सामान्य लक्ष्य नेपालले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । ओपनर सुनिल धमला ३४ रनमा अविजित रहे भने कप्तान राजु रिजाल १४ रनमाअविति रहे । शंकर राना मात्र ४ रनमा आउट भए ।

Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.