Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

आईसीसी र्‍याङ्किङमा पारस अगाडि मोइन अली पछाडि !!

आईसीसी र्‍याङ्किङमा पारस अगाडि मोइन अली पछाडि !!
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी-२० क्रिकेट खेलाडीहरुको र्‍याङ्किङ सार्वजनिक गरेको छ । ब्याटिङतर्फ भारतका विराट कोहली शीर्ष स्थानमा आएका छन् । अष्ट्रेलियाका एरोन फिन्च दोस्रो स्थानमा झरेका छन् । नेपालका कप्तान पारस खड्का र शरद भेसवाकर टप १०० मा परेका छन् । कप्तान पारस ७४ औं नम्बरमा छन् भने शरद भेसवाकर ८३ औं नम्बरमा छन् । पारसले श्रीलंकाका लाहिरु थिरिमाने, इंग्ल्याण्डका मोइन अली, भारतका रोविन उथप्पलाई समेत उछिनेका छन् । थिरिमाने ७६, अली ७७ र उथप्पा र्‍याङ्किङमा ८२ औं नम्बरमा परेका छन् । शरदले बंगलादेशका महमुदुल्ला, वेष्टइण्डिजका डरेन ब्राभो, आरयरल्याण्डका निल ओ’ब्रायनलाई पछि पारेका छन् । अष्ट्रेलियाका स्टिभ स्मिथ ९६ औं स्थानमा परेका छन् । बलिङतर्फ बसन्त रेग्मी ७० औं नम्बरमा परेका छन् । शक्ति गौचन ८१ र सोमपाल कामी ८४ औं नम्बरमा परेका छन् ।

Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.