Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

सचिनले खेल्छु भन्दा योग्यताको प्रश्न उठाएपछि विराटको चर्को आलोचना !!



भातीय टेष्ट टीमका कप्तान विराट कोहली फेरि एक पटक विवादमा तानिएका छन् । यस पटक उनले भारतीयहरुले क्रिकेटका भगवान मान्ने मास्टर ब्लास्टर सचिन तेन्दुल्करको बारेमा एउटा टि्वट गरे, जसका कारण उनी क्रिकेट समर्थकहरुको निसानामा परेका हुन् । अत्याधिक आलोचना भएपछि विराटले परिस्थितलाई मध्यनजर गर्दै ९ घण्टापछि अर्को टि्वट गरेर आफ्नो कुरालाई मोड्ने कोशिश गरे, तर सचिनलाई भगवान मान्ने समर्थकहरु यत्तिकै चुप लाग्न पक्षमा थिएनन् । त्यसपछि पनि विराटको तिब्र आलोचना जारी रह्यो । 
के हो खास कुरा ?
सचिनले खेल्छु भन्दा योग्यताको प्रश्न उठाएपछि विराटको चर्को आलोचना !!

सचिनले टि्वट गर्दै लेखेका थिए, ‘हेलो विराट कोहली, म पनि खेल्न चाहन्छु ….. ।‘ यसपछि विराटले जवाफ दिए, ‘तपाईंसँग आवश्यक योग्यता छ भन्ने कुरामा म आश्वस्त छैन, सचिन पाजी ….. ।‘ कोहलीले कुन सेन्समा यो कुरा लेखे त्यो उनी नै जानुन्, तर उनको यस्तो जवाफले समर्थकहरु नराम्ररी रिसाए । समर्थकहरुले सचिनको समर्थन गर्दै विराटको आलोचना गरिरहे । अति भएपछि विराटले अर्को टि्वट गरे, ‘मेरो हिसाबले त सचिनको कुनै सीमा छैन । तपाईं के सोच्नुहुन्छ ?’ रिसाएका समर्थकहरुलाई थुम्थुम्याउने विराटको यो प्रयासले खासै काम गरेन । उनका फलोअरहरु सचिनको योग्यतामा प्रश्न उठाउने विराटको बेवकुफीसँग अझै रिसाईरहेका थिए । 
सचिनले खेल्छु भन्दा योग्यताको प्रश्न उठाएपछि विराटको चर्को आलोचना !!


सचिनले यसकारण गरेका थिए टि्वट !
विराट हालै आईपीटीएल (इन्टरनेशनल प्रीमियर टेनिस लिग) टिङ्ग यूएई रोयल्सको सह-मालिक बनेका छन् । १७ पटकका ग्रान्डस्लाम विजेता रोजर फेडेरर पनि उनको टीममा छन् । सचिनको टेनिस प्रेमबारे त तपाईंले सायद सुन्नु नै भएको होला । यसैकारण रमाइलो गर्नका लागि नै सचिनले टीमका को-ओनर विराट कोहलीलाई मेन्सन गरेर आफू पनि खेल्न चाहेको लेखे । सायद विराटले पनि बुझेरै तपाईंको योग्यता छैन भनेका हुन सक्छन् । तर, स्पष्टसँग कुन खेल भनेर नलेखिएकाले समर्थकहरुले क्रिकेट नै सोचे अनि विराटको तिब्र आलोचना गरे । कुरा बूझिसकेपछि पनि समर्थकहरुले कुनै पनि खेलमा विराटले सचिनको योग्यतामाथि प्रश्न उठाउने हैसियत नबनाएको भन्दै आलोचना गरिरहेका छन् । स्मरण रहोस्, सचिन टेनिस स्टार रोजर फेडेररको नजिकका साथी हुन् । उनी फुर्सद हुँदा फेडेररको खेल हेर्न विम्बल्डनमा पुग्ने गरेका छन् ।

Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.