Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

सिंगापुरमा साढे दुई लाखको सपिङ !!



अनिल मण्डल, क्रिकेटर         
सिंगापुरमा साढे दुई लाखको सपिङ !!मलाई सबैभन्दा धेरै कालो रङ मन पर्छ । कालो कपडा नै मलाई सुहाउँछ पनि । झन्, ‘ब्ल्याक एन्ड ह्वाइट’ भयो भने गजब देखिन्छु । यो ‘कम्बिनेसन’ले सबैको व्यक्तित्व झल्काउँछ । त्यसबाहेक मलाई ‘सफ्ट कलर’ अत्यन्त मन पर्छ । ‘ग्रे’, ‘सफ्ट ब्लु’ पनि मन पर्छ । तर, पहेँलो मनै पर्दैन । मलाई ‘जिन्स पाइन्ट’ ‘कम्फर्टेबल’ लाग्छ । त्यसमा पनि कालो जिन्स मेरो पहिलो रोजाइमा पर्छ । मसँग जिन्स पाइन्टको एउटा राम्रो कलेक्सन पनि छ । तर, सामान्य जिन्स पाइन्ट होइनन्, अधिकांश ब्रान्डेड छन् । नेपालमा पाइने सबैजसो ब्रान्डका जिन्स छन्, मसँग । टिम्बरल्यान्ड, लिवाइजलगायतका ब्रान्ड मलाई मन पर्छन् । त्यसमा पनि मेरो पहिलो रोजाइ ‘ब्ल्याक’ नै हुन्छ । ‘ब्ल्याक’ पाइनँ भने ‘सफ्ट ब्लु जिन्स’ किन्छु । नयाँदिल्लीमा ३८ सय भारतीय रुपैयाँ पर्ने पाइन्टसम्म किनेको छु । ‘सपिङ’ औधी मन पर्छ मलाई । नेपालमै होस् या विदेशमा सपिङ गर्न अत्यन्त रुचाउँछु । सिंगापुरको त्यो ‘सपिङ’ अहिले पनि झलझल्ती सम्झन्छु । त्यतिवेला मैले साढे दुई लाखको ‘सपिङ’ गरेको थिएँ । परिवारका सबै सदस्यका लागि ‘सपिङ’ गरेको थिएँ, त्यतिवेला । विदेशमा सामान ‘ब्रान्डेड’ पाइन्छन् । त्यसैले, म नेपालमा भन्दा बढी विदेशमा सपिङ गर्न रुचाउँछु । ‘गेम’ खेल्न जाँदा म ‘सपिङ’का लागि पहिले नै छुट्टै पैसा लिएर जान्छु । मेरो ‘सपिङ ह्याबिट’ देखेर कहिलेकाहीँ साथीहरू नै छक्क पर्नुहुन्छ । मलाई मन पर्ने कपडा म आफैँले छान्ने हो । अरूको लहलहैमा लागेर किनिहाल्दिनँ । पहिले आफूलाई ‘म्याच’ गर्छ कि गर्दैन भनेर हेर्छु । ‘कलर कम्बिनेसन’ चित्त नबुझेसम्म म कुनै पनि कपडा किनिहाल्दिनँ । काठमाडौंमा ‘ट्रेनिङ’ हुँदा हामी नक्सालस्थित होटेल क्राउन प्लाजामा बस्छौँ । वरिपरि राम्रा ‘सपिङ कम्प्लेक्स’ छन् । सिटी सेन्टर निकै नजिक छ । त्यहाँ म धेरैपटक गएको छु । कहिलेकाहीँ न्युरोडतिर पनि गएको छु । खेलाडी भएकाले पार्टीमा निम्तो बारम्बार आउँछ । त्यस्तो पार्टीमा जाँदा म ‘क्याजुअल ड्रेस’ रुचाउँछु । पार्टी ड्ेरसका लागि मैले २८ सयसम्म पर्ने जुत्ता किनेको थिएँ । खबर नयाँ पत्रीका देखी ।  

Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.