Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

अस्ट्रेलियाको बंगलादेश भ्रमण संकटमा !!



अस्ट्रेलियाको बंगलादेश भ्रमण संकटमा !!
एजेन्सी - अस्ट्रेलियाको बंगलादेश भ्रमण संकटमा रहेको छ । अस्ट्रेलियन क्रिकेट बोर्ड (सिए) ले सुरक्षाको कारण देखाउँदै तत्कालै सिनियर टोली बंगलादेशको भ्रमण नगर्ने उल्लेख गरेको छ । पछिल्लो तीन दिनयता अस्ट्रेलियन र बंगलादेश क्रिकेट बोर्डबीच सुरक्षासम्बन्धी गम्भीर छलफल भइरहेको छ । सिएका सुरक्षा सचिव सिएन कारोल, टिम सचिव फ्याँक दिमासी तथा टिम म्यानेजर गाभिन डोभयले बंगलादेश बोर्डसँग छलफल गरेका थिए । अस्ट्रेलियन टोली बंगलादेशमा रहँदा सुरक्षा खतरा हुन सक्ने सिएको भनाइ छ । ‘केही दिनअगाडि हामीलाई सुरक्षासम्बन्धी गम्भीर सूचना प्राप्त भएको थियो, हामीले हाम्रा खेलाडी सुरक्षित नहुँदासम्म बंगलादेशको भ्रमण नगर्ने निर्णय लिएका छौँ,’ सिएका सुरक्षा सचिव कारोलले भने, ‘बंगलादेशले सेनाबाट खेलाडीलाई सुरक्षा दिने आश्वासन दिएको छ तर हामी विश्वस्त हुन सकेका छैनौँ ।’ अस्ट्रेलियाले बंगलादेशमा दुई टेस्ट खेल्ने योजना थियो । अस्ट्रेलियन क्रिकेट बोर्डले आफूहरूको निर्णय परिवर्तन नहुने जनाएको छ । ‘हामी हाम्रो योजना परिवर्तन गर्देनौँ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ । निर्धारित कार्यक्रमअनुसार अस्ट्रेलिया यसै साता बंगलादेश आउने तयारीमा थियो । बंगलादेशले ९ अक्टोबरमा हुने पहिलो टेस्टका लागि खेलाडीसमेत घोषणा गरेको छ ।

Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.