एजेन्सी: संसारकै धनी क्रिकेट संस्था भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)
नयाँ अध्यक्षको निर्वाचन ४ अक्टोबरमा हुने भएको छ
। २० सेप्टेम्बरमा जगमोहन डालमियाको निधनपछि बिसिसिआईको अध्यक्ष पद रिक्त रहेको थियो
। शंकर मनोहर, पूर्वअध्यक्षद्वय शरद पवार र एन श्रीनिवासनमध्ये एक अध्यक्ष बन्ने सम्भावना
छ । शंकरलाई भारतीय जनता पार्टी (भाजपा) को समर्थन छ । सत्ता पक्षका विश्वासिलो व्यक्ति
भएकाले शंकरकै नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन हुने सम्भावना रहेको भारतीय एजेन्सीले
जनाएको छ । बिसिसिआईका सचिव अनुराग ठाकुरले आफूहरूको समर्थन शंकरलाई रहने स्पष्ट पारेका
छन् । अध्यक्षका लागि मतदान भए शंकरको पक्षमा मतदान गर्ने ठाकुरले जनाए । ‘शंकर नै
हाम्रो पहिलो लिस्टमा हुनुहुन्छ, ठाकुर र श्रीनिवासनको सम्बन्धमा बोर्डका पदाधिकारीले
केही बताएका छैनन्,’ ठाकुरले भने । आइसिसी र बिसिसिआईका पूर्वअध्यक्ष श्रीनिवासनमाथि
अदालतमा मुद्दा परिरहेकाले आउने सम्भावना कम भएको ठाकुरले जनाएका छन् । ‘श्रीनिवासन
पनि आउन नसक्ने होइन, तर उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ,’ ठाकुरले भने, ‘तीनैजनाले
दाबेदारी प्रस्तुत गरे अध्यक्षका लागि मतदान हुने सम्भावना छ ।’


