Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

खबर क्रिकेटको

नेपालले अर्को वर्ष लड्‌र्समा खेल्ने !!

नेपालले अर्को वर्ष लड्‌र्समा खेल्ने !!


मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बरमा नेपाल आउने भएको छ । विश्वकै पुरानो क्रिकेट क्लब तेस्रो पटक नेपाल आउन लागेको हो । यसअघि एमसीसी सन् २००३ र २००९ मा नेपाल आएको थियो । त्योसँगै नेपालले विश्व क्रिकेटको मक्का मानिएको लड्‌र्समा गएर खेल्ने भएको छ । नोभेम्बर १३ मा काठमाडौं आउने एमसीसीले नेपालमा ५ खेल खेल्ने छ । तर एमसीसीको भ्रमण तय भइसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरेपछि ब्रिटिस टोलीले नेपालमा खेल्ने तालिकामा केही परिवर्तन हुन सक्ने नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी भावना घिमिरेले बताइन् । नेपाल र पपुवा न्युगिनीबीचको खेल यसअघि नोभेम्बर २८ र ३० मा काठमाडौं हुने तय थियो । तर आईसीसीले सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै सो खेल काठमाडौंबाट आबुधावी सारिसकेको छ । जसअनुसार नयाँ तालिकामा नेपाल र पपुवा न्युगिनी बीचको खेल नोभेम्बर १६ र १८ मा हुनेछ । घिमिरेले एमसीसीले नेपाली राष्ट्रिय टोलीसँग कम्तीमा २ खेल खेल्ने र बाँकी अन्य टोलीसँग खेल्ने जनाइन् । एमसीसीका हेड अफ क्रिकेट जोन स्टेफन्सले नेपाल आउने टोलीमा राखिएको एमसीसीका २ खेलाडी इंग्ल्यान्डको टोलीमा परेको जनाए । उनले केही दिनमै एमसीसीको टोलीको घोषणा हुने जनाए । ‘हाम्रो टोली अझै बलियो छ, नेपाल पक्कै निराश हुनै छैन ।’ अर्को वर्षको जुलाईमा नेपालले लन्डनमा एमसीसीसँग खेल्न लागेको हो । लड्‌र्स एमसीसीको घरेलु मैदान पनि हो । नेपाल–व्रिटेनको द्विपक्षीय सम्बन्धको २ सय वर्ष पुगेको उपलक्ष्यमा यो खेल खेल्न लागिएको स्टेफन्सले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाए । उनले ५० ओभरको प्रतिस्पर्धात्मक खेललाई च्यारिटीको रूपमा पनि लान सकिने जनाए । यसै वर्षको मार्चमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले दुबईमा एमसीसीबाट इंग्ल्यान्डका टेस्ट टिम कप्तान एलिस्टर कुक र युवराज सिंहसँगै खेलेका थिए । स्टेफन्सले अर्को वर्ष यूएई भ्रमणका लागि नेपाली खेलाडीका बारेमा क्यानसँग सम्पर्क गरिने बताए । लड्‌र्समा भविष्यमा युवा खेलाडीका लागि मौका रहने स्टेफन्सले बताए । नरेश बुढाऐर र राजेश पुलामी २०१३ मा लड्‌र्समा गएर ६ हप्ता अभ्यास गरेका थिए । राजु रिजाल र दीपेन्द्र ऐरी यस वर्ष लड्‌र्समा प्रशिक्षणमा जाने कार्यक्रम रहे पनि त्यो बीचैमा पतन भएको थियो । पारसले नेपाललाई लड्‌र्समा खेल्ने मौका मिलाइदिएकोमा लन्डनमा रहेका क्रिकेटर प्रमोटर प्रशान्त कुँवरलाई विशेष धन्यवाद दिए । खड्काले एमसीसी नेपाल आउनु नेपाली क्रिकेटका लागि निकै सकारात्मक पक्ष भएको जनाए । ‘वैशाख १२ को ठूलो भूकम्पपछि पहिलोपटक विदेशी क्रिकेट टोली नेपाल आइरहेको छ, यसले हामीलाई थप उत्साह प्रदान गरेको छ,’ पारसले भने, ‘हाम्रा लागि यो राम्रो अवसर हो ।’ कान्तिपुर दैनिक देखी खबर ।


Authorism Theme

Bhoju Rana

Hello everyone I am Bhoju Rana an enthusiastic blogger and a student of GAMC, Balaju. I am blogging since 2015. I am 24 years old and live in Kathmandu, Balaju, Nepal. .!

.!

.!

.!

© Copyright 2015 खबर क्रिकेटको डट कम - All Rights Reserved |Designed and Developed By : ♥ Bhoju Rana |

Theme images by richcano. Powered by Blogger.